लहान सरसफाई शाखाद्वारा एक नम्बर रोडमा सरसफाई

रिपोर्ट नेपाल | 2022 Aug 24 | 08:44 am 2329

  • महेश सिंह

सिरहा, भदौ ८ः दिन प्रति दिन लहान बजारमा अब्यवस्थित रुपमा फोहर फ्याकेका कारण लहान बजार दुर्गन्धित भएको छ।

No description available.

फोहर ब्यवस्थापनका लागि लहान नगरपालिकाको सरसफाई शाखा कार्यालयका संयोजक राजेश बिसुनकेको संयोजकत्वमा लहानका रोड नम्बर १ को घन्टा घरदेखि दक्षिण विसाल होटेलसम्म दर्जनौंको उपस्थितमा सडकको पेटीमा अब्यस्थित रुपमा फालिएको फोहर संकलन गर्दै घर मुलिहरुलाई जथाभावी फोहर नफ्याकन सचेत गर्दै ठुलो पलास्टीकको झोला वितरण गरिएका छ।

No description available.

लहान बजारलाई सफा र फोहर मुक्त शहर बनाउन सरसफाई कार्यालय लहान शाखाको उद्देश्य रहेको एलिना हेङ्गमाङ्गले बताइन्। अबको आउने दिनमा जथाभावी फोहर फ्याकियो भने लहान नगरपालिकाको नियम अनुसार जरिवाना समेत काट्ने संयोजक बिशुनकेले जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.