ललिता निवासमा किन पुग्याे नगर प्रहरी ?

| 2023 Jul 02 | 03:16 pm 1797

काठमाडौँ, असार १७ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासमा तारबार गरी उक्त जग्गा संरक्षण गर्ने भनी नगरप्रहरीको टोली परिचालन गरेको छ ।

ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गामा तारबार गरेर संरक्षण गर्नका लागि ठूलो संख्यामा नगर प्रहरी पठाएका हुन् ।

ललिता निवासमा उक्त कार्य गर्न महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा नगर प्रहरी पुगेको छ । खाली रहेको जग्गामा तारबार गर्ने र निर्माण गर्न लागिएका संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने प्रहरी प्रमुख पाण्डेले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.