ललिता निवास प्रकरणमा २ सय ९० जना विरुद्ध मुद्दा दर्ता

| 2023 Aug 27 | 01:56 pm 1833

काठमाडाैं, भदाै १० ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्‍याएको भन्दै काठमाडाैं जिल्ला अदालतमा चार पूर्व मन्त्रीसहित २ सय ९० जनाविरूद्ध किर्ते सम्बन्धि  मुद्दा दायर भएको छ।

सरकारी वकील कार्यालयले सञ्चार सचिव कृष्ण बहादुर राउत, दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्य,सीपीका खेतान लगायत  २९० जनालाई  प्रतिवादी बनाएको हो ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कामबाट जोडिएको जग्गा किनेका ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ। उनीहरुमाथि किर्तेको अभियोग भने छैन ।

बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)  ले करिब १८ अर्ब रूपैयाँ नोक्सानी ठहर गर्दै किर्ते तथा संगठित अपराध अनुसन्धान प्रतिवेदनमा २ सय ८६ जनालाई प्रतिवादी बनाएर प्रतिवेदन पेश गरेको  थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.