ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाउन सार्वेच्चमा रिट दर्ता

रिपोर्ट नेपाल | 2020 Feb 12 | 04:38 pm 1562

काठमाडौं, माघ २९: बालुवाटारस्थित रहेको ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार विरुद्धको मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने मन्त्रिपरिषदका प्रधानमन्त्रीसहित सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन माग गदै बुधबार रिट दर्ता गराएका हुन् ।

यसअघि १ सय ७५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै पूर्वप्रधानमन्त्रीले नीतिगत निर्णय गरेको भन्दै मुद्दा चलाएको थिएन।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगत हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको भनी न्यौपानेले रिट दर्ता गराएको स्रोतले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.