ललितपुर २ बाट एमालेले खाता खाेल्याे, महर्जन निर्वाचित

रिपोर्ट नेपाल | 2022 Nov 21 | 10:43 pm 2629

काठमाडौं, मंसिर ५ः ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी भएका छन् । मतगणनाको परिणामअनुसार महर्जन १९,७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०,४४० मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । निर्वाचन आयोगले आधिकारिक रुपमा विजयीको घोषणा गर्न भने बाँकी छ ।

प्राप्त परिणामअनुसार ललितपुर –२ मा घण्टी चिह्नका उम्मेदवारले १०,१३६, कलम चिन्हका उम्मेदवारले ९,५३९ र हलो चिन्हका उम्मेदवारले ७,७९९ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.