ललितपुर महानगर र गुल्मीको मालिका बीच भगिनी सम्बन्ध

| 2023 Jul 05 | 06:21 pm 2857

– रुद्रदेव पाण्डे

काठमाडौं, असार २० । ललितपुर महानगरपालिकाका प्रमुख चिरिवावु महर्जनले गोत्र घर भन्दा मित्र घर ठूलो हुने भएकाले गुल्मीको मालिका गाँउपालिकाको प्रगतिमा रमाउने र दुःखमा सघाउने कुरा बताएका छन् । मेयर महर्जनले उक्त कुरा बुधबार ललितपुर महानगरपालिका र गुल्मीको मालिका गाँउपालिका बीच भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बताएका हुन् ।

मेयर महर्जनले आ–आफ्ना संस्कृती र पहिचान रहेको मुलुकमा मितेरी साइनो लगाए पछि असल अभ्यास आदान प्रदान गर्ने बताए । ललितपुर सम्पदा र संस्कृतिको शहर भएको बताउँदै मेयर महर्जनले महानगरपालिकाले यस वर्ष कलात्मक मन्दिर वा पाटी के बनाउनु पर्ने हो मालिकामा बनाउने पनि बताएका छन् ।

भगिनी सम्बन्ध पत्रमा हस्ताक्षर कार्यक्रममा मेयर महर्जनले आफू गुल्मी नगए पनि गुल्मीका विषयमा जानकार भएकोले सम्बन्ध गाँस्न पाएकोमा खुशी व्यक्त गरेका थिए । मेयर चिरिबावु महर्जनको सभापतित्वमा सम्पन्न समझदारी पत्रमा हस्ताक्षर पछि मालिका गाँउपालिकाका अध्यक्ष देवीराम अर्याल र महर्जन वीच उक्त हस्ताक्षर गरिएको पत्र साटासाट गरेका थिए ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष देवीराम अर्यालले असल अभिभावक पाएकोमा खुशी व्यक्त गरेका थिए । नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले शुभकामना मन्तव्य दिएको कार्यक्रममा उपमेयर मन्जरी शाक्य बज्राचार्यले स्वागत मन्तव्य राखेकी थिइन् ।
कार्यक्रमको अन्त्यमा मायाको चिनो साटासाट गरिएको थियो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.