काठमाडौं, चैत्र १ : लायन्स क्लब काठमाडौं लर्ड बुद्ध भिजन पोलिक्लिनिक र लियो क्लब अफ काठमाडौं लर्ड बुद्धको संयुक्त आयोजनमा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ ।

लर्ड बुद्धका अध्यक्ष एवम बुद्धनगर पार्टी प्यालेसका प्रवन्ध निर्देशक विष्णुप्रसाद भण्डारीले रक्तदानको शुभारम्भ गरेका थिए । रक्तदानपछि रिपोर्ट नेपासँग कुरा गर्दै हरेक अस्पतालमा रगतको अत्यधिक माग रहेको र मागका अनुपातमा उपलब्ध हुन नसकेको देखेपछि क्लबले पोलिक्लिनिसँग रक्तदान कार्यक्रम राखेको बताए ।

शरीरबाट खेर जाने रगतले कुनै दाजु भाई वा दिदी बहिनीको ज्यान बच्छ भने रक्तदान भन्दा ठूलो दान केही नहुने भण्डारीको भनाई रहेको थियो ।
धार्मिक महायज्ञ गरेर भन्दा बढी पुण्य प्राप्ति हुने यज्ञ भनेको रक्तदान भएको अध्यक्ष भण्डारीले बताए । आयोजक मध्यको भिजन पोलिक्लिनिकको रक्तदानका लागि प्राविधिक सहयोग गरेको थियो ।
