लक्ष्मीपुर पतारीमा अस्थायी कोरोना अस्पतालको उद्घाटन

रिपोर्ट नेपाल | 2021 Jan 15 | 12:05 pm 3161

महेश सिंह सिरहा, माघ २ः सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर –१ मा पाँच बेडको अस्थायी कोरोना अस्पताल र स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनिकलाल यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने र गाउँपालिका अध्यक्ष राम बल्लभ साहको प्रमुख आतिथ्यमा बिधिवत रुपमा अस्पतालको उदघाटन भएकाे हाे ।

No description available.

नेपाल सरकारबाट आब २०७६/७७ मा पिप्रा स्वास्थ्यचौकीलाई १५ बेडको प्राथमिक अस्पतालको लागि सुचिकृत गरेको थियो । उक्त अस्पताल निर्माण गर्न १४ बर्ष अगाडी स्थानीय विन्देश्वर साह हलुवाईले ७ कठ्ठा जग्गा दान गरेका थिए ।

एक पालिकामा एक अस्पताल बनाउने सरकारको लक्ष्य छ, गाउँपालिकाबाट कर्मचारी ब्यबस्थापन गर्न हामी लागि परेका छौ, उनले थपे सरकारको मापदण्डमा परेको खण्डमा सो भवन स्वास्थ्य चैकीबाट अस्पताल बनाउन गाउँपालिकाले कुनै कन्जुस्याइँ नगर्ने अध्यक्ष साहले बताए ।

जग्गादान गरेर स्थानीय विन्देश्वर साहले प्रसंशनिय काम गरेको छ, उहाँलाई पुस्तै पुस्ताले सम्झिरहने छ र पालिकाले पनि सदैव सम्मान गर्ने अध्यक्ष साहको भनाई रहेको थियो । उदघाटन समाहरोहमा बोल्दै जसपाका केन्द्रिय सदस्य राजु गुप्ताले कोरोना अस्थायी अस्पताल र स्वास्थय चौकी भवनको संयुक्त रुपमा उदघाटनले यस भेगका स्थानीय जनताका लागि गाउँपालिकाले महत्वपूर्ण काम गरेको बताए ।

जग्गादाताले करोडौंको जग्गादान गरेर सराहनिय र महत्वपूर्ण काम गरेको उनले प्रसंसा गरेका थिए । जग्गादाता साह र गाउँपालिकाको अस्पताल बनाउने सपना रहेपनी अस्पतालका लागि थप साढे सात कठ्ठा जग्गा चाहिएको हुँदा अस्पताल बन्न नसकेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले बताए ।

No description available.

दर्ता गर्दा उक्त भवन स्वास्थ्य चौकीको नामले दर्ता भएको छ साथै जग्गा अपुग भएकोले अस्पताल बन्न नसकेको अध्यक्ष साहले भने । वडा नम्बर ६ का वडा अध्यक्ष राजेश्वर साह सुडि , २ का वडा अध्यक्ष धर्मेन्द्र राय दनुवार , ५ का वडा अध्यक्ष देवकुमार यादव , नेकपाका नेता बिरेन्द्रकुमार साह , समाजसेवी अशोक मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

उदघाटन कार्यक्रममा हेलो मिथिला संस्कृतिक समूह जनकपुरधामका कलाकारको एक टिमले मैथिली कला, संस्कृती भल्किने खालका प्रतिभा प्रस्तुत गरेका थिए । गायक एवम व्यवस्थापक नवीन कुमार मिश्र , पुनम शर्मा लगायतका टोलिहरुले मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रमको सिअहेव ९ अधिकृत अनिल कुमार साहले उदघोष गरेका थिए । कार्यक्रममा बोल्ने अधिकासंले अस्पतालका लागि चिया बेचेरै करोडौको जग्गादान गर्ने विन्देश्वर साह हलुवाईको प्रसंशा र सम्मान गरेका थिए । स्वास्थ्य संस्था जिवनदान दिने संस्था हो भन्दै वक्ताहरुले जग्गादान गरेर उहाँले समाजमा महत्त्वपूर्ण एतिहासिक कार्य गरेको बताएका थिए । यता जग्गा दाता साहको उक्त कार्यक्रममा उपस्तिथिती भने थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.