लकडाउन अवज्ञा गर्ने सवारी तथा मानिस प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 06 | 11:01 pm 2110

दाङ, चैत २४ः संसारभर फैलिएकाे काेराेना भाइरस (काेभिड १९) नेपालमा पनि फेला परेकाे अवस्थामा यसकाे नियन्त्रण तथा राेकथामका लागि सरकारले गरेकाे लकडाउनकाे अवज्ञा गर्ने सवारी साधन र केही व्यक्तिहरूलाई दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पक्राउ परेका सवारी साधन मध्ये ट्रक/ टिफर १ वटा र माेटरसाइकल ५६ वटा गरी जम्मा ५७ वटा सवारीलाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

त्यसैगरी लकडाउनेकाे उलंघन गरी अनावश्यक हिडडुल गर्ने २३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ । जस मध्ये पुरूष १८ जना र महिला ५ जना रहेका छन् ।

उनीहरूलाई हाेल्डमा राखी सम्झाइ बुझाइ छाडिएकाे र सम्झाउँदा समेत अटेर गर्ने १२ जनालाई  कारबाहीका लागि नियन्त्रणमा लिइएकाे जनाइएकाे छ ।

साथै, काेराेना नियन्त्रणका लागि लकडाउन एकदमै महत्वपूर्ण रहेका कारण यस अवधिभर लकडाउनकाे पालना गरिदिनका लागि हार्दिक अनुराेध समेत गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.