दूध किन्न निस्केका एक युवाको प्रहरीको लाठीचार्जबाट मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 27 | 04:03 pm 2703

एजेन्सी, चैत १४: भारतको पश्चिम बङ्गालमा लकडाउनको बेला दूध किन्न निस्केका एक युवाको प्रहरीको लाठीचार्जबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा पश्चिम बङ्गालस्थित हाउराका ती ३२ वर्षीय युवक बुधबार दुध किन्न घर बाहिर निस्केको बेला प्रहरीले सडकको भीड हटाउने क्रममा लाठीचार्ज गरेको जनाइएको छ ।

सोही लाठीचार्जबाट लाल स्वामी नाम गरेका ती युवकको ज्यान गएको उनको परिवारले दाबी गरेको छ ।

उनलाई तुरुन्तै स्थानीय अस्पताल लगिए पनि अस्पतालले स्वामीलाई मृत घोषित गरेको थियो । प्रहरीले भने स्वामीको मृत्यु कुटाईबाट नभई मुटु सम्बन्धी रोगबाट भएको दाबी गरेको छ ।

पश्चिम बङ्गाल लगायत सम्पुर्ण भारतमा कोरोना भाइसर फैलिन नदिन २१ दिने लकडाउन घोषणा गरिएको छ ।

अहिलेसम्म पश्चिम बङ्गालमा कोरोना भाइरसबाट १ जनाको मृत्यु भएको छ भने १० जनामा संक्रमण देखा परिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.