लकडाउन उलंघन गर्ने सवारी दाङ प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 03 | 09:02 pm 5673

दाङ, चैत २१ः काेराेना भाइरसकाे संक्रमण नेपालमा फैलन नदिन सरकारले गरेकाे लकडाउन उलंघन गर्ने सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रण लिएकाे छ ।

नियन्त्रणमा परेका सवारी मध्ये अटाे १ वटा, माेटरसाइकल ५२ वटा र स्कुटर ११ वटा गरी जम्मा ६४ वटालाई नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

साथै, काेराेना संक्रमण नियन्त्रणका निम्ति गरिएकाे लकडाउनकाे अवधिलाई पालना गरिदिन समेत आग्रह गरिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.