लकडाउन अवज्ञा गर्ने व्यक्ति तथा सवारी प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 15 | 09:46 pm 1811

दाङ, बैशाख ३ः काेराेना संक्रमण फैलिन नदिन सरकारले गरेकाे लकडाउनकाे अवज्ञा गर्ने व्यक्ति तथा सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

गत २०७६ साल चैत ११ गतेदेखि गरेकाे लकडाउनकाे थाहा भएर पनि अवज्ञा गरेकाे अभियाेगमा प्रहरीले १४ जना व्यक्तिलाई नियन्त्रणमा लिएकाे जानकारी दिएकाे छ । जस मध्ये १२ जना पुरूष र २ जना महिला रकेका छन् ।

त्यसैगरी लकडाउनकाे अवधि भएकाे थाहा भएर पनि जबरजस्त चलाईएकाे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । नियन्त्रणमा परेका सवारी मध्ये  ट्याक्टर १ वटा, ट्रक/टिपर ३ वटा, माेटरसाइकल १३ वटा र स्कुटर १ वटा गरी जम्मा १८वटा सवारी नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे हाे ।

नियन्त्रणमा लिएका व्यक्तिहरूलाई केही समय हाेल्डमा राखी सम्झाई बुझाई घर पठाइएकाे बताइएकाे छ । साथै, काेराेना संक्रमण नियन्त्रणका लागि लकडाउन अतिनै महत्वपूर्ण भएकाे हुनले यस लकडाउन अवधिभर सूचनाकाे पालना गरिदिनुहुन हार्दिक अनुराेध गरिएकाे हाे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.