रोल्पामा लडेर एक युवकको मृत्यु

रिपोर्ट नेपाल | 2022 Nov 01 | 04:10 pm 1605

रुकुमपूर्व, कात्तिक १५ः गाउँबाट घर फर्किने क्रममा रोल्पाको ढाप्चा गाउँका एक युवकको लडेर मृत्यु भएको छ । प्रहरीकाअनुसार सोमबार दिउँसो दक्षिण रोल्पा स्थित रुन्टीगढी गाउँपालिका–१ ढाप्चा गाउँका ३१ वर्षीय लेखनाथ रानाको लडेर मृत्यु भएको हो ।

घरायसी कामले गाउँमा गई फर्किने क्रममा बाटो भन्दा लडेर करिब १५० मिटर तल खसेको अवस्थामा रानाको शव फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीयअनुसार तिहारदेखि नै मृतकले अत्यधिक मदिरा सेवन गर्दै आएकाले उनी बाटोबाट खसेको हुन सक्ने अनुमान छ । मृतकको शवलाई पोष्टमार्टमका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.