रोमानिया पठाईदिन्छु भनी लाखौं रुपैया ठगी गर्ने व्यक्ति पक्राउ

| 2023 Jul 03 | 05:57 pm 2293

काठमाडौं, असार १८ । रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने बर्दिया ठाकुरबाबाका २९ वर्षीय ससिन कुमार थापालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई बाफलबाट पक्राउ गरेको हो ।

थापाले सन्तोष गुरुङ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि रोमानिया पठाइ दिने र त्यस बापत ६ लाख रुपैयाँ लाग्ने, रोमानिया पुगेपछि होटलमा काम लगाइदिने, मासिक १ लाख तलव हुने भनी विश्वास दिलाएका थिए । थापाले पीडितहरूबाट पटकपटक गरी ४ लाख रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए ।

थापालाइ  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे प्रवक्ता तथा सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.