मोटरसाइकल दर्ता आजदेखि खुल्ने, प्रदेशअनुसार संकेत राखिने

| 2018 Oct 26 | 06:56 am 2274

काठमाडौं, कार्तिक ९: बाग्मती अञ्चलको मोटरसाइकल दर्ता शुक्रबारदेखि खुल्ने भएको छ ।

यसअघि अञ्चलका नाममा दर्ता भएका मोटरसाइकल मन्त्रिपरिषदले प्रदेशको नाममा दर्ता गर्ने निर्णय गरेपछि शुक्रबारदेखि दर्ता खुल्ने भएको हो । मन्त्रिपरिषद्को निर्णय विहीबार राजपत्रमा प्रकाशित भएपछि शुक्रबारदेखि बाग्मती अञ्चलका मोटरसाइकल प्रदेशका नामबाट दर्ता हुने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए।

नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा गाडी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक हुनेछ ।

प्रदेशभित्रमा पनि यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुने विभागका प्रवक्ता उपाध्यायले बताए।

नम्बर प्लेटमा गाडीको समुह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ। त्यस्तै गाडी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ । प्रयोग अनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.