रोक, हेर र जाउँलाई पालना गराउदैँ ट्राफिक प्रहरी

| 2020 Nov 18 | 02:46 pm 2030

काठमाडौं, मंसिर ३ः सवारी चालकहरूले शाखा सडकबाट मुल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाउँलाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन् ।

No description available.

सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनु पर्ने सावधानी जस्ता नियमहरुको पालना गर्नुपर्ने भएता पनि कतिपय सवारी चालकहरुले त्यसो गरेका छैनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मुल सडकमा सहजै निस्कन रोक, हेर र जाउँका ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३ सय ८० वटा शाखा सडकमा ३ सय ८० जना ट्राफिक प्रहरी खटाएको छ ।

सवारी चालकले भित्रि सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ३ सय ८० जना ट्राफिक
प्रहरी खटाईएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले उपत्यकाको ट्राफिक चाप व्यवस्थित गर्न तथा चोक जक्सनमा हुने सवारी दुर्घटना न्यूनिकरण गरी सहज र सुरक्षित यात्रा गराउनका लागि त्यस्ता ट्राफिक संकेत बोर्डहरू निर्माण गरी राखिएको बताए ।

No description available.

उक्त नियम सवारी चालकहरूलाई पालना गराउन र सिकाउन पिकआवरको समयमा ३ र ३ घण्टा ट्राफिक प्रहरी खटिने छन् ।

बुधबार बिहानको समयमा मात्रै तीन हजार पाँच सयको हाराहारिमा चालकहरुलाई उक्त संकेत बोर्डको महत्व तथा फाइदाको बारेमा सम्झाई बुझाई गरि पालना गर्न समेत सुझाएको छ ।

यस्ता बोर्डहरू काठमाडौं उपत्यकाको मूल सडकमा निस्कने शाखा वा भित्री सडकको मुखैमा राखिएको महाशाखाले जनाएको छ ।

भित्री वा शाखा सडकबाट मूल सडकमा निस्कने सवारी चालकहरूले स्व–अनुशासित भई रोक, हेर र जाउँको नियम पालना गरी जाम तथा दुर्घटना रहित सहज यात्रा गरी सभ्य सडक संस्कृतिको विकास गरिदिन सम्पूर्ण सवारी चालकहरूलाई विशेष अनुरोध पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.