रेसुङ्गा विमानस्थलमा हप्तामा दुई उडान हुने

रिपोर्ट नेपाल | 2023 Jun 13 | 12:33 pm 3845

गुल्मी, जेठ ३० । केहि समय देखि हरेक शुक्रवार काठमाडौंबाट गुल्मीको सिमिचौरमा रहेको रेसुङ्गा विमानस्थलमा भोली बुधबार देखि अर्को थप उडान हुने भएको छ ।

तारा एयरलाइन्सले परिक्षण गरेको विमानस्थलमा नेपाल एयरलाइन्सले व्यावसायिक उडान शुरु गरेको हो । यात्रुको चाँप अत्यधिक भएपछि रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी र समाजसेवी योगराज कंडेलको विशेष सकृयतामा शुरुको उडान र थप उडान हुन लागेको हो ।

हप्ताको एक उडान पनि हुन कठिनाई छ भनेर तर्क गर्नेहरुलाई थप उडानले भने राम्रैसँग आँखा खोलिदिएको स्थानीयको भनाई रहेको छ । काठमाडौंबाट मात्र नभएर भैरहवाबाट पनि हुने हो भने पवित्र पुण्यभूमी रेसुङ्गाको दर्शन गर्न भारतीय पर्यटक आउने कुरा पनि स्थानीयको रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.