रेसुंगामा यस वर्ष बलि पुजा नहुने

| 2023 Jul 16 | 01:45 pm 2017

मनु सुनार, गुल्मी । लुम्बिनी प्रदेशकै ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुंगामा यस वर्ष बलि पुजा नहुने भएको छ । श्रावण महिनामा मलमास, दुई औंशी र पाँच सोमबार परेको हुनाले यो महिनाको आफैमा अत्यन्त ठुलो धार्मिक महत्व रहेकाले धार्मिक तथा पौराणिक नीति अनुसार बलि पुजाका लागि निधेष भएकाले यस वर्ष रेसुंगामा बलि पुजा नहुने भएको हो ।

त्यस समयमा प्रकाण्ड विद्धानबाट श्रावण ७ गते देखि ११ गतेसम्म पुरुषोत्तम मासको महिमाको बारेमा पुरुषोत्तम महात्म्यको पाठपारायण तथा कथा वाचन हुने रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, साउने मेलाको अवसरमा यज्ञशाला परिसरमा मलमासको महत्व के हो ?, मलमासमा के गर्नुहुन्छ ? के गर्नुहुन्न ?, किन मलमास भनियो ? भन्ने जस्ता विषयमा पूरुषोत्तम महात्म्यको पाठपारायण र कथा वाचन कार्यक्रमको आयोजना गरिएको छ ।’ रेसुंगामा पुग्ने भक्तजनहरुलाई रेसुंगाधामको महापोखरीमा स्नान गरी यज्ञशाला परीसरमा सञ्चालन हुने पाठपारायण तथा कथा श्रवण गरी पुन्य लाभ लिन समेत पन्थीले आग्रह गर्नुभयो ।

साथै रेसुंगा महापाखरीलाई सरसफाई, रङ्गरोगन गरी विधिपूर्वक अयोध्या, प्रयागबाट गंगा जमुना सरस्वती नदीको जल, कासी, गया, कालीगण्डकी, मुक्तीनाथ, कागबेनी, बराह क्षेत्र चतराधामबाट ल्याइएको जल समेत राखिएको बताउँदै पन्थीले यो पवित्र महापोखरीमा स्नान गरी पुण्य प्राप्ति गर्न भक्तजनहरुलाई आग्रह गर्दै पोखरीमा फूलप्रसाद, र भेटी नराखीदिन अनुरोध गर्नुभयो ।

उहाँले भेटीदानका लागि महापोखरी प्रवेश गर्ने दुवै स्थानमा भेटी पेटिका, राखिएको र अगरबत्ती बाल्नका लागि समेत छुट्टै स्थानको व्यवस्थापन गरिएकोले निर्धारित स्थानमा मात्र भेटी चढाउन तथा अगरबत्ती बाल्नका लागि समेत जानकारी गराउनुभयो । यसपटकबाट रेसुंगा धामको दर्शनका लागि जाने भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर यज्ञशालाको प्रवेशद्वारको प्राङ्गणमा फूल, प्रसाद, माला, अगरबत्ती, तथा पुजनका लागि आवश्यक पर्ने सम्पूणर् सामग्रीहरु सहितको व्यवस्था मिलाइएको समेत बताउनुभयो ।

श्रावणी महिनामा रेसुंगा धाममा पुन्यलाभका लागि आउने भक्तजनहरुले आफुसँग भएका फलफूल र फूलका बिरुवाहरु यज्ञशाला प्रवेशद्वारदेखि यज्ञशाला परीसरसम्म रोपण गरी जीवनलाई सार्थकता प्रदान गर्नुका साथै प्रकृतिको संरक्षण तथा हराभराका लागि सामाजिक योगदान पुर्‍याउन समेत उहाँले आग्रह गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.