रेणु दाहालको पहलमा नेपालकै उत्कृष्ट अन्तर्राष्ट्रियस्तरको सिटीहल बन्दै

रिपोर्ट नेपाल | 2018 Jul 26 | 06:03 pm 2430

चितवन, साउन १० :  भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालको पहलमा अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सिटीहल निर्माण हुने भएको छ ।

सिटीहल निर्माण गर्नका लागि बजेटसमेत छुट्ट्याइसकेको सहरी विकास मन्त्रालयले जानएको छ । महानर प्रमुख दाहालका अनुसार नेपालमा अहिलेसम्म निर्माण नभएको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न सिटी हल निर्माण गरिने जसमा पाँच हजार मानिस अट्नसक्ने ठूलो हल र अरू साना हल, पार्किङ, फुडल्याण्ड, बगैँचा समेत रहनेछ ।

महानगरले विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोग चलन गरेको स्वास्थ्य मन्त्रालयको नाममा रहेको जग्गामध्ये खालि रहेको पाँच बिगाह जग्गामा सिटीहल निर्माण गर्ने प्रक्रिया अघि बढाइएको र सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाप्राप्तिका लागि मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी भइरहेको उनले बताए ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, चितवनका प्रमुख कुमार घिमिरेले विभागले सिटिहल लागि रु ५० करोड छुट्याएपनि जग्गाप्राप्तिमा ढिलाइ भएकाले गत आर्थिक वर्षमा काम थाल्न नसकिएको बताए ।

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोग चलन गरेको जग्गा ७५ बिगा हा १० धुर जमिन छ । यता नेपाली काँग्रेसको चितवनले शाखाले भने क्यान्सर अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नुपर्ने भन्दै सिटीहलका लागि अन्यत्र जग्गा व्यवस्थापन गर्न महानगरलाई सुझाव दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.