रूसका सभामुख मात्भीयेन्कोले चीन भ्रमणमा जाने

रिपोर्ट नेपाल | 2022 Apr 16 | 07:47 am 2009

मस्को(एजेन्सी), बैशाख ३ः रूसका सभामुख भ्यालेन्टाइन मात्भीयेन्कोले चीनको भ्रमण गर्ने भएका छन् । उनले आफू चीन भ्रमणमा जाने तयारीमा रहेको शुक्रबार जानकारी दिएका हुन्।

रुस—चीन संसदीय सहकार्य आयोगको कार्यक्रममा सहभागी हुन आफू चीन जान लागेको पनि उनले स्पष्ट पारे। रूसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको दुई महिना हुनै लाग्दा रूसी सभामुख चीन जान लागेका हुन् ।

‘अहिलेको विशिष्ट परिस्थितिमा हामीले चीन भ्रमणमा जाने तयारी गरेका छौँ, यसले दुई देशको सम्बन्ध र अन्तर्राष्ट्रिय विषयहरूमा समेत सकारात्मक योगदान हुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ सभामुख मात्भीयेन्कोले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.