रुखले किचेर धनकुटामा दुई जनाको मृत्यु

| 2021 May 25 | 06:59 pm 3105

धनकुटा, जेठ ११ः रूखले किचेर धनकुटामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभुमि गाउँपालिका ३ छिन्ताङका ४२ वर्षीय नारायण कुमार राई रहेका छन् ।

स्थानीय बिरेन्द्र राईको जग्गामा रहेको चिलाउनेको रुख काटी ढाल्ले क्रममा रुखले किचि उनको घटनास्थल मै मृत्यु भएको हो । उक्त खवर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय छिन्ताङवाट प्रहरी नायब निरीक्षकको टोली खटी गई घटनास्थल सुरक्षित राखी थप कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक तथा अधिकृत समेतको टोली खटि गएका थिए ।

त्यसैगरी धनकुटा महालक्ष्मी नगरपालिका ७ का ३४ वर्षीय पूर्ण कुमार तुम्वाले सोही स्थानका साफु स्थितमा रुद्रमणि राईको जग्गामा रहेको चेक्रासी जातको रुख काट्ने क्रममा अचानक रुख ढली रुखले किची उनको घटना स्थलमा नै मृत्यु भएको छ ।

उक्त घटनाको प्रहरी चौकी जितपुर धनकुटामा खवर प्राप्त हुनासाथ तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखी थप कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक कैलाश लिम्बुको कमाण्डमा अधिकृत सहितको टोली खटी गई लास जाच मुचुल्का तथा कानुनी प्रकृया समेतको कार्य पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा तर्फ पठाइएको धनकुटा प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.