रुखबाट लडेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2021 Sep 05 | 11:00 am 2381

महोत्तरी, भदाै २०ः जिल्लाकाे जलेश्वर नगरपालिका–३ खैरागाउँमा रुखबाट  लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनले आफ्नै बारीकोे रुखको हाँगा काट्ने क्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र  जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा मृत्यु भएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.