रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना जुवाडे पक्राउ

| 2022 Oct 28 | 09:50 am 2561

काठमाडौं, कात्तिक ११: नागार्जुन नगरपालिकाको एक रिसोर्टमा  भाइटीकाको दिन (बिहीबार) रातिजुवा खेलिरहेको अवस्थामा १८ जना जुवाडे पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ मा रहेको दहचोक सिटी भ्यू रिसोर्ट प्रालिबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई जुवा र कौडा खेलिरहेको अवस्था फेला परेको थियो ।

पक्राउ पर्नेको साथबाट नगद ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास सेट र १६ थान कौडा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.