रिडर्स कपको उपाधी आदर्श विद्या आश्रमलाई

रिपोर्ट नेपाल | 2018 Dec 18 | 09:24 am 1950

  • रमेश विश्वकर्मा

गुल्मी, पुष ३ जिल्लाको सदरमुकाम तमघासमा जारी “रिडर्स कप” फुटबलको उपाधी आदर्श विद्या आश्रमले प्राप्त गरेको छ । रिडर्स पब्लिक हाइ स्कुल तमघास गुल्मीले आफ्नो २५ औं वार्षिकोत्सव तथा रजत महोत्सवको अवसर पारेर अन्तर माध्यमिक विद्यालय नगरस्तरिय छात्रा फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

फाइनल खेलमा सिद्धबाबा माध्यमिक विद्यालयलाई ४–० को अन्तरले पराजित गर्दै आदर्श विद्या आश्रम तमघास गुल्मीले “रिडर्स कप” फुटबलको उपाधी आफ्नो पोल्टामा पारेको हो ।

खेलमा आदर्श विद्या आश्रमको तर्फबाट छात्रा मनिषा सेनले आफ्नो राम्रो खेल प्रस्तुत गरेकी थिइन । खेल अबधिभर उनले व्यक्तिगत रुपमा ९ गोल गरेकी थिइन । उनलाई खेल अबधि भरकै सर्वाधिक गोलकर्ताको रुपमा र उत्कृष्ट खेलाडीको रुपमा सम्मान समेत गरिएको थियो । त्यस्तै विभिन्न व्यत्तिहरुले उनको त्यो खेल देखेर हौंसलाको लागि नगद समेत प्रदान गरेका थिए ।

उत्कृष्ट गोलरक्षकको रुपमा आदर्श विद्या आश्रमकै छात्रा निर्मला पछाइलाई पनि सम्मान गरिएको थियो ।

रिडर्स कप फुटबल खेलमा विजेता भएको आदर्श विद्या आश्रमले ८ हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता भएको सिद्धबाबा माध्यमिक विद्यालयले ५ हजार नगद पुरस्कार सहित, ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

गत मंसिर २९ गते देखि सुरु भएको रिडर्स कप फुटबलमा खेलमा उपल्लो तमघास माध्यमिक विद्यालय, अर्जुन आवासीय माध्यमिक विद्यालय, महेन्द्र नमुना माध्यमिक विद्यालय, व्रिलियन्ट युनाईटेड एकेडेमी, गण्डकी इङ्लिस वोर्डिङ्ग स्कुल, सिद्धबाबा माध्यमिक विद्यालय, बुद्ध माध्यमिक विद्यालय अर्खले, आदर्श विद्या आश्रम र आयोजक रिडर्स हाइ स्कुल गरि ९ टिमको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.