राेकिएन टिपर-आतङ्क : प्रकरणहुइँकिँदै आएको टिपरले ठक्कर दिँदा साईकलयात्री मृत्यु

रिपोर्ट नेपाल | 2019 Feb 10 | 06:19 pm 3361

विराटनगर,  माघ २७ :  मोरङको विराटनगर महानगरपालिका-२ बरगाछीमा तीव्र गतिमा रहेको टिपरको ठक्करबाट आइतबार एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचामा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएको घटना सेलाउन नपाउँदै विराटनगरमा टिपरकै कारण अर्को दुर्घटना भएको हो ।

पूर्वबाट बरगाछी चौकमा आइपुगेर दक्षिणतर्फ मोडिन खोजेको को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनसार मृतक अन्दाजी ४५/५० वर्ष जतिका देखिने पुरुषको पहिचान खुलिसकेको छैन । उत्तरबाट साईकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकैमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिँदा घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले बताए ।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ । अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.