रास्वपाको दवावले सरकारले फाइल खोलेको लामिछानेको भनाई

रिपोर्ट नेपाल | 2023 Jul 31 | 02:56 pm 2129

काठमाडौं, साउन १५ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं संघीय सांसद रवि लामिछानेले भष्ट्राचारका विरुद्ध पार्टीले बुलन्द आवाज उठाएकै कारण सरकारले बाध्य भएर अनियमितताको फाइल खोलेको बताएका छन ।

अध्यक्ष लामिछानेले उक्त कुरा राष्ट्रिय स्वतन्त्र पार्टी सुदुर पश्चिम काठमाडौं सम्पर्क समितिद्वारा आयोजित भेलालाई सम्बोधन गर्दा बताएका हुन ।

भष्ट्राचार गर्ने व्यक्ती देशका सत्रु भएकोले जो कोहि भएपनि कानुनको दायरामा ल्याउनु पर्ने कुरामा लामिछानेको जोड थियो । संसद र सडकमा रास्वपाको बुलन्द आवाज र जनताको दर्बिलो समर्थनबाट सरकार अत्तालीएर भ्रष्टाचारको फाइल खोले जस्तो गरेको लामिछानेको भनाई रहेको थियो। काम गरे जस्तो गर्ने अपराधकर्म गर्नेलाई जोगाउन सरकारले कार्य गर्यो भने त्यसको धेरै ठूलो मूल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका थिए।

२०८४ साललाई केन्द्र विन्दुमा राखेर अघि बढ्न कार्यक‌र्तालाई निर्देशन दिँदै अध्यक्ष लामिछाले त्यो बेला बहुमतको एकल सरकार बनाई सफाई अभियान चलाउने बताएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.