राष्ट्रिय सेवा दल (NCC) तालिम सम्बन्धी जानकारी

रिपोर्ट नेपाल | 2023 Feb 22 | 07:37 pm 4449

काठमाडाैं, फागुन १०ः नेपाल अधिराज्य भरिका विभिन्न सरकारी तथा निजि विद्यालयहरुमा अध्ययनरत छात्रछात्राहरुलाई सहभागी गराई राष्ट्रिय सेवा दल तालिम संचालन गरिँदै आएको छ । उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई सिनियर डिभिजन तालिम तथा माध्यामिक विद्यालयका छात्रछात्राहरुलाई जुनियर डिभिजन तालिम संचालन गरिन्छ । नेपालमा वि.सं. २०२२ बाट यस तालिमको शुभारम्भ भएको हो ।

यस वर्ष तालिमको पहिलो चरण (संस्थागत चरण) अन्तर्गत राष्ट्रिय सेवा दलबाट स्थान विशेषका
विद्यालयहरुमा शिक्षकहरु खट्टिई जुनियर डिभिजन तालिम मिति २०७९/०४/०१ गतेबाट मिति २०७९/०७/१७ गतेसम्म र सिनियर डिभिजन तालिम मिति २०७९/०५/०१ गतेबाट २०७९/०८/१८ गतेसम्म संचालन भएको थियो । दोस्रो चरण अन्तर्गत देशका विभिन्न स्थानहरुमा रहेका राष्ट्रिय सेवा दलका शिक्षालयहरुमा जुनियर डिभिजन तालिमको बार्षिक सामुहिक क्याम्प मिति २०७९/०८/१८ गतेबाट मिति २०७९/१०/१० गतेसम्म (३ चरणमा) र सिनियर डिभिजन तालिमको बार्षिक सामुहिक क्याम्प मिति २०७९/०९/२५ गतेबाट २०७९/१०/२७ गतेसम्म (२ चरणमा) संचालन भएको थियो । जुनियर डिभजन तालिमको दिक्षान्त समारोह सम्पन्न भईसकेको छ भने सिनियर डिभिजन तालिमको दिक्षान्त समारोह मिति २०७९ फाल्गुण ११ गते
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सैनिक मञ्‍च टुँडिखेलमा हुन गईरहेको छ ।

हालसम्म ६६,७७६ जना छात्रछात्राहरुले उक्त तालिम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । यस वर्ष जुनियर डिभिजन अन्तर्गत ५,९७६ जना र सिनियर डिभिजन अन्तर्गत १७२८ जना गरी कुल जम्मा ७,५६८ जना छात्रछात्राहरुले राष्ट्रिय सेवा दलको तालिम गरेका छन् ।

महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६० औं बार्षिक उत्सवका अवसरमा आयोजित सेना दिवस- २०७९ अन्तर्गत राष्ट्रिय सेवा दलद्वारा आयोजना भएको Youth Exchange Programme मा सहभागी हुन भारत, माल्दिभ्स र पाकिस्तानको NCC (National Cadet Corps) का Director General, स्टाफ अधिकृत, अधिकृत, क्याडेटहरु (छात्र-२१ र छात्रा-२१) गरी जम्मा ५१ जना मिति २०७९ फाल्गुण ०३ गतेबाट ऐ.१४ गतेसम्म विविध कार्यक्रमहरुमा सहभागी हुन नेपाल आएका छन् ।

भ्रमणको दौरान उक्त टोलीहरुले राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिसँग भेटघाट गर्नुका साथै काठमाण्डौं तथा पोखरास्थित विभिन्न धार्मिक एवं पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण समेत गरेका छन् । त्यसैगरी सोही कार्यक्रम अन्तर्गत यस वर्ष नेपालबाट माल्दिभ्समा ४ जना र भारतमा १६ जना गरी जम्मा २० जना छात्रछात्राहरुले सहभागिता जनाई सकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.