राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदान प्रक्रिया सुरु

| 2022 Jan 01 | 10:51 am 977

काठमाडौँ पुस १७ : राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाताको नामावली प्रकाशन, दावी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम हुनेछन्।
राष्ट्रियसभा निर्वाचनमा जम्मा दुई हजार २५ मतदाता छन् । मतदानका लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन्। आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.