राष्ट्रिय शोक घोषणा गर्न कांग्रेस सभापति देउवाको माग

रिपोर्ट नेपाल | 2019 Apr 02 | 03:33 pm 1315

काठमाडौँ, चैत १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा हुरीबतासले मच्चाएको ताण्डवलाई राष्ट्रिय शोकका रुपमा लिन सरकारलाई आग्रह गरेका छन् ।

हाल हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका देउवाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै ठूलो जनधनको क्षति भएको प्राकृतिक विपत्तिको यो घटनालाई राष्ट्रिय शोकका रुपमा लिन सरकारलाई आग्रह गरेका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानविय र भौतिक क्षति पुर्‍याएको छ । २७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढि घाईते भएको प्राकृतिक विपत्तीले यो क्षेत्रको अवस्था निकै कठिन बनाएको छ । म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु ।’

उनले बारा र पर्साको हुरी प्रभावित क्षेत्रको अवस्था निकै कठिन रहेको उल्लेख गरेका छन् । हावाहुरीका कारण हालसम्म २७ जनाको निधन भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.