काठमाडाैं, माघ १५ः बाँके नेपालगंज उप-महानगरपालिका १८ बस्ने डम्बर थापा मगरको छोरा राष्ट्रिय अनुसन्धान बिभागका सहायक सूचक २७ वर्षीय प्रबिण थापा मगरकाे हत्या गरेकाे अभियाेग लागेका फरार अभियुक्तलाई ब्यूराेले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा बाँके नेपालगंज उप-महानगरपालिका ६ फुल्टेक्राका १८ वर्षीय बिवेक परियार रहेका छन् ।
राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय, बाँके नेपालगंजमा कार्यरत रहेका प्रविणकाे २०७७ माघ २ गते बिहान ९:३० बजे नेपालगंज उप-महानगरपालिका १८ स्थित खेतबारीमा टाउको तथा अनुहारमा चोट लागि मृत अवस्थामा फेला परेको थियाे ।
वारदातको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न अभियुक्त परियार वारदात समय पश्चात भागी फरार भई भक्तपुर, चाँगुनारायण नगरपालिका ९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा व्यूरोबाट खटिएको टोलिले बिहीबार फेला पारी पक्राउ गरी अनुसन्धान कार्य भइरहेको जनाएकाे छ ।
अभियुक्तलाई आवश्यक कानूनी कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् ।