राष्ट्रभन्दा व्यक्ति र परिवार निर्माणमा सरकारको प्राथमिकता: नेता भण्डारी

| 2018 Sep 04 | 11:18 am 2575

काठमाडौं, भदौ १९: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सरकारले राष्ट्र निर्माणका ठुला सपना बाँडे पनि व्यक्ति र परिवार निर्माणमा प्राथमिकता दिएको बताएका छन्।

नेता भण्डारीले मंगलबार सामाजिक सञ्‍जाल फेसबुकमा स्टाटस लेख्दै समाजमा चारैतिर बेथिति हुँदा पनि सरकारले चासो नदिनु दुखद भएको उल्लेख गरेका हुन्।

उनले लेखेका छन्, ‘आजको समयमा त यसले विगतका सबै रेकर्ड नै ब्रेक गरेको मलाई लाग्छ। निर्माण कम्पनीहरुलाइ क्षमता नहेरी केवल राज्यलाई दोहन गर्न सडक पुल भवन विद्‍युत बनाउन दिंदा देशले विकासको गतीलाई अगाडी बढाउन सकेन। तर सरकार अन्य क्षेत्र तिर झगडा बढाउँदैछ।’

मुलुकी संहिताको नाममा सञ्चारकर्मी र चिकित्सकहरुलाई कस्ने व्यवस्थाको विरोध गर्दै भण्डारीले लेखेका छन्, ‘पत्रकारिता मेडिकल क्षेत्रमा विकृति छन् करेक्शन गर्नु पर्दछ। तर समाजका विकृति उजागर गर्ने काम सञ्‍चारकर्मीले सन्चारमाध्यमबाट गरेका छन भन्‍ने कुराको सम्मान गर्नु पर्दछ। त्यस्तै जनता लाई सुलभ उपचारको लागि मेडिकल क्षेत्रमा पनि धेरै सुधार गर्नु आवश्यक छ। तर सिमित श्रोत र साधनबाट ठुला उपलब्धिहरु हासिल गर्न हामी सक्षम भएका छौ भन्ने कुराको पनि सम्मान गर्नु पर्दछ।’

भण्डारीले आपसी छलफलबाट नै धेरै समस्याको समाधान गर्न सकिने बताएका छन्। सरकारले राष्ट्रको लागी अत्यन्त आवश्यक मुद्दा सम्बोधन लागि जनताका छोराछोरीलार्इ आफ्‍नो शरीर जोखिममा राखी अनसन बस्‍न र सडकमा निस्कन किन बाध्य पारेको भन्दै नेता भण्डारीले प्रश्‍न गरेका छन्।

सरकारले दुई तिहाईको अपमान गरेको बताएका छन्। भण्डारीले दुई तिहाईको प्रचण्ड वहुमत हुँदा पनि सरकारले विकास निर्माण र समृद्धीको गती बढाउन नसकेको उल्लेख गर्दै सरकारका आँखा राष्ट्रको विकासमा बाधक भष्ट्रहरु तिर किन जाँदैन ? भन्दै प्रश्‍न गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.