राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय नेपाली राजदूत नियुक्त

रिपोर्ट नेपाल | 2023 Jun 04 | 03:37 pm 2237

काठमाडौँ, जेठ २१ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम ६ वटा देशमा आवासीय नेपाली राजदूत र विभिन्न देशहरू समेत हेर्ने गरी गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन ।

जसअनुसार मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती:

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.