राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारले मुख खोल्यो

| 2018 Nov 22 | 05:22 pm 1624

काठमाडौ, मंसिर ६ : राष्ट्रपतिका लागि सवारी खरिद र राष्ट्रपति तथा र उपराष्ट्रपतिको कार्यालय व्यवस्थापनबारे सरकारले धारणा आफ्ना सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलनमार्फत राष्ट्रपतिको गाडी खरिद प्रकरणबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले नकारात्मक प्रचार भएको भन्दै सम्मानित संथालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई नै कमजोर बनाउने खेल भएको भन्दै बचाउ गरे । उनले गाडी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका लेख, सम्पादकीय र समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै गरिएको दावी गरे ।

सम्मानित संस्थालाई विवादित गर्ने उद्देश्यले गाडीको विषय उठाइएको उनले बताए । १८ करोड एउटै गाडीको मूल्य नभई एउटा बुलेट प्रुफ गाडीसँगै अगुवा पछुवा, एम्बुलेन्स र वैकल्पिक व्यवस्थाका लागि भएको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘१८ करोडमा एउटामात्र गाडी किन्न लागेको होइन । राष्ट्रपतिलाई एउटा बुलेट प्रुफ गाडी किन्न लागेको हो । १८ करोडमा त आधा दर्जन गाडी किन्न खोजेका हौं । यो अघिल्लो सरकारकै निर्णय हो ।’

कुनै देशका राष्ट्र प्रमुख नेपाल आउँदा उनीहरुले नै गाडी लिएर आउनुपर्ने अवस्था रहेको भन्दै उनले त्यो अवस्था अन्त्यका लागि पनि गाडी खरिद प्रक्रिया जायज रहेको दावी गरे ।

यस्तै उपराष्ट्रपति कार्यालय समाजकल्याण परिषद्को भवनमा सार्ने र समाजकल्याण परिषद्को कार्यालय ललितपुरको बालकल्याण समितिको भवनमा सार्ने सरकारको निर्णय जायज रहेको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.