राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलद्वारा पदबाट राजीनामा

रिपोर्ट नेपाल | 2020 Jan 24 | 02:34 pm 2260

काठमाडौं, माघ १०: राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै राजीनामा दिएका हुन्। उनले राष्ट्रपतिसमक्ष राजीनामा दिएका छन् । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्।

मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी  २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।

उनका राजीनामा पत्र

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.