राष्ट्रपति समक्ष सरकारका उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीद्वारा पेश

रिपोर्ट नेपाल | 2022 Mar 06 | 05:08 pm 1777

काठमाडौं, फागुन २२ः सरकारका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन्।

आइतबार शीतल निवासमा पुगेर प्रधानमन्त्री देउवाले संविधानको धारा ५३ अनुसार सरकारका काम र उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्ध एवम् सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.