राष्ट्रपति भण्डारीद्वारा मेलम्ची पानीकाे उद्घाटन हुँदै

रिपोर्ट नेपाल | 2021 Apr 02 | 09:43 am 2369

काठमाडौं, चैत २०ः भृकुटीमण्डपमा बनाइएको धाराको टुटी खोलेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो २ बजे  मेलम्ची पानीको औपचारिक उद्घाटन गर्ने भएकी छन् ।

काठमाडौं उपत्यकामा पानी वितरण सुरु भएको एक सातापछि शुक्रबार मेलम्ची पानीको औपचारिक उद्घाटन गरिँने भएकाे हाे ।

मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओली पनि सहभागी हुने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

चैत १५ गतेदेखि नै काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण भइरहेको छ । यसअघि चैत २३ गते मेलम्चीको पानी उद्घाटन गर्ने कार्यक्रम राखिए पनि पानी वितरण भइसकेपछि ढिला गर्न नहुने निष्कर्षसहित शुक्रबार लागि उद्घाटन कार्यक्रम राखिएको आयोजना प्रमुख कमलराज श्रेष्ठले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.