राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, २०७८ बैशाखमा नयाँ निर्वाचनको घोषणा (विज्ञप्तीसहित)

रिपोर्ट नेपाल | 2020 Dec 20 | 03:02 pm 1299

काठमाडाैं, पुस ५ः प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी दुई चरणमा नयाँ निर्वाचनको घोषणा गरेकी छन् ।

आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद विघटनको सिफारिस गरेका थिए । संसद विघटन गर्ने सिफारिस लिएर प्रधानमन्त्री ओली आफै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए ।

राष्ट्रपति भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरण र २०७८ साल बैशाख २७ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.