राष्ट्रपति भण्डारी र श्रीलङ्काकी राजदूतबीच बिदाइ भेट

रिपोर्ट नेपाल | 2023 Jan 03 | 05:21 pm 1741

काठमाडौं, पुस १९ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गरेकी छन्।

शिष्टाचार बिदाइ भेटमा राष्ट्रपति भण्डारीसँग नेपाल र श्रीलङ्काको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

बिदाइ भेटका लागि राजदूत अरुणातिलका मङ्गलबार दिउँसो राष्ट्रपति कार्यालयमा महाराजगञ्ज पुगेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.