राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणको लागि युरोप जाँदै

| 2018 Dec 01 | 08:45 am 2153

काठमाडाैं, मंसिर १५ : राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणको लागि आज युरोप जाँदै छिन् । पोल्याण्डको कातोविचमा भोलिदेखि हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम कोप २४ मा सहभागी हुन उहाँ आज त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी दिउँसो १२ बजे त्यसतर्फ जाने कार्यक्रम छ । पोल्याण्डमा रहँदा उनले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति भण्डारी आउँदो बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.