राष्ट्रपति पौडेलद्वारा गोरखा दरबारमा आधा घण्टा पूजापाठ

रिपोर्ट नेपाल | 2023 Mar 26 | 02:07 pm 949

गोरखा, चैत १२ः राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा गएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल गएका हुन् ।

राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पण गरेका छन् भने उनले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा आधा घण्टा पूजापाठ समेत गरेका छन् ।

पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकन समेत गरेका छन् । उनीसँगै गोरखा क्षेत्र नं. १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.