राष्ट्रपति कार्यालयमा फोटो खिच्दै गर्दा पत्रकार वर्षा पक्राउ

रिपोर्ट नेपाल | 2018 Dec 13 | 07:05 pm 1703

काठमाडौं, मंसिर २७ : राष्ट्रपति कार्यालय शितल निवासमा फोटो खिचिरहेको फोटो पत्रकार पक्राउ परेकी छन् । देश सञ्चारकी फोटो पत्रकार शाहलाई  बिहीबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रेस पास झुण्ड्याएर सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्‍याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो।

शाहलाई पक्राउ गरेर महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.