राष्ट्रपति आज स्वदेश फर्कँदै, सवारीका क्रममा जाम नगरिने

रिपोर्ट नेपाल | 2019 Mar 15 | 02:22 pm 1983

काठमाडौं, चैत्र १ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर आव स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट गरेकी थिइन् ।

दिउसो साढे ३ बजे कतार एयरलाइन्सबाट नेपाल आइपुग्ने कार्यक्रम रहेपनि राष्ट्रपति भण्डारी फर्कने समयमा त्रिभुवन विमानस्थलदेखि शितलनिवाससम्म सर्वसाधारणको आवत–जावतमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ ।

यसअघि राष्ट्रपतिको सवारीका क्रममा धेरै बेर कुर्नुपरेको भन्दै सर्वसाधारणले आक्रोस पोखेका थिए । अधिवेशनमा भाग लिन उनी सोमबार अमेरीका जाएकी थिइन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.