रामचन्द्र पौडेल बहादुरीकासाथ पछि हटे

रिपोर्ट नेपाल | 2021 Dec 08 | 08:55 am 4513

काठमाडौं, मंसिर २२ः नेपाली कंग्रेसको आसन्न १४औं महाधिवेशनबाट नेतृत्व लिनका लागि यतिबेला कांग्रेस भित्र मंसिरको चिसोलाई समेत माथ गर्ने गरी गर्मागर्मी केही देखि सामुहीक बहस चलिरहेका छन् । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वबाट कांग्रेस असफल भएको भन्दै बरिष्ठ नेता रामचन्दै पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला यतिखेर देउवालाई सभापति बन्न नदिने रणनीतिमा सकृय भएर लागेका छन् ।

१३औं महाधिवेशनबाट शेरबहादुर देउवासँग पराजय भएका रामचन्द्र पौडेल र त्यही महाधिवेशनबाट महामन्त्री बनेका डा शशांक कोइराला मंगलबार देखि सभापति बन्ने दौडबाट पछि हटेका छन् ।

सभापति देउवालाई नेतृत्वबाट बहिर्गमन गर्नका लागि संस्थापन इतरका नेता यतिखेर कोठे छलफलदेखि सामुहिक छलफलमा लागि रहेका छन् । मंगलबारको छलफलपछि सभापति पदका उम्मेदवार रामचन्दै पौडेल र शशांक कोइराला पछि हटेपछि अब त्यो गुटमा प्रकाशमान सिंह र डा शेखर कोइरालाबीच कुरा मिल्न सकेको छैन ।

यि दुई नेतालाई मिलाउनका लागि आज बिहान १० बजे बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका जिल्ला सभापति, पूर्वसभापति, महाधिवेशन प्रतिनिधि लगायतका विभिन्न तह र तप्कामा रहेका नेताको छलफल हुने भएको छ । सभापति देउवालाई सभापति बन्नबाट रोक्नका लागि संस्थापन इतरका नेता पछिल्लो समयमा ज्यान फलेर लागेका छन् ।

एकातिर आफू इतरका नेता आफू विरुद्ध गोलबद्ध भइरहँदा पार्टी विभाजन हुँदादेखि साथ समर्थन र सहयोग गर्दै आएका उपसभापति बिमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवार घोषणा गरेका छन् ।

उपसभापति निधी जननायक वीपी कोइरालाले पत्याएका नेता हुन् । देउवालाई सभापतिबाट रोक्नका लागि चौतर्फी घेराबन्दी गराए पनि अर्का नेता कृष्ण सिटौलाले भने दर्विलो साथ दिएका छन् । संस्थापन इतर पक्ष एक भएर देउवा हराउ अभियानमा लाग्यो भने प्रतिष्पर्धा होला अन्यथा १४औं महाधिवेशनबाट पनि देउवा सभापति बन्ने पक्का छ । १३औं महाधिवेशन पश्चात् भावी सभापति भन्दै आएका बरष्ठि नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा भने बहादुरीकासाथ पछि हटेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.