राप्रपाले तोक्यो सातै प्रदेशको अध्यक्ष, को–को बने अध्यक्ष ? (नामावलीसहित)

रिपोर्ट नेपाल | 2018 Jun 26 | 03:59 pm 3419

काठमाडौं, १२ असार : राष्ट्रिय प्रजातन्त्र पार्टीले सातै प्रदेशको पार्टी नेतृत्व मनोनयन गरेको छ । केन्द्रीय अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सातै प्रदेशका अध्यक्ष मनोनयन गरेको हो ।

मनोनित अध्यक्षमा प्रदेश–१ मा राम थापा, प्रदेश–२ मा चन्देश्वर प्रसाद यादव, प्रदेश–३ मा विक्रमबहादुर थापा, प्रदेश–४ मा हेमजंग गुरुङ्ग, प्रदेश–५ मा डा. धवल शम्शेर जबरालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर बुढा र प्रदेश–७ को अध्यक्षमा श्याबहादुर शाही मनोनित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.