रापजामा एकमात्र अध्यक्ष हुने, तीन वर्षमा महाधिवेशन

रिपोर्ट नेपाल | 2019 May 19 | 03:34 pm 1785

काठमाडौं, जेठ ५ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्‍यक्षात्मक प्रणालीबाट सञ्‍चालन गर्ने व्यव्स्था गरेको छ। आइतबार बबरमहलस्थित कार्यालयमा बसेको राजपाको अध्यक्ष मण्डलको बैठकले पार्टीको विधानलाई परिमार्जन गर्दै महाधिवेशनपछि पार्टी एक मात्रै अध्यक्षता प्रणालीमा जाने व्‍यवस्था गरेको हो ।

राजपाको विधानको धारा ३१ (१२)मा यसअघि महधिवेशन पछि पनि अध्यक्ष मण्डलको व्यवस्था रहेकोमा उक्त व्यवस्था संशोधन गरेर महाधिवेशन पछि अध्यक्ष मण्डल नरहने र पार्टी अध्यक्ष प्रणालीमा सञ्चालन हुने लेखिएको छ।  अहिलेस्मम विधानमा ६ वटा अध्‍यक्ष केन्द्रित दल मिलेर बनेको राजपा महाधिवेशनपछि पनि अध्‍यक्ष मण्डलको प्रणालीबाट सञ्‍चालन हुने छ।

पार्टीको वैधानिकता जोगाउनको लागि विधानमा महाधिवेन गर्ने व्यवस्था गरेको छ। राजपाको नयाँ निर्णयअनुसार यसअघि पार्टीको महाधिवेशन दुई वर्षभित्र गरिनेछ भनिएकोमा अहिले समयावधि बढाएर तीन वर्षभित्र गरिने भनिएको छ। यसअघि संक्षिप्त विधानमा निर्वाचित सदस्य, पदाधिकारहिरूको लागि शपथ ग्रहणको व्यवस्था छुट्न गएकोमा नयाँ व्यवस्थाअनुसार शपथ ग्रहणको व्यवस्था गरिएको छ।

यसअघि राजपाले ७४ सालमा महाधिवेशन गर्ने भनेर एकता गरेपनि वैधनिकता जोगाउनको लागि ३ वर्ष समयसीमा पुर्‍याएको हो। पार्टी भित्रको आन्तरिक खिचातानीका कारण राजपाले महाधिवेशनको मिति मंसिरमा तय गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.