राजमार्गको रेष्टुरेन्टमा कालोबजारी गर्ने संचालक तामाङ पक्राउ

| 2023 Sep 19 | 08:27 pm 1581

तनहुँ, असोज २ । आँफू खुसी खाद्य सामाग्रीमा बढी मुल्यको स्टिकर टाँसी विक्री गर्ने रेष्टुरेन्ट संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दे गाउँपालिका वडा नं. ३ धयरेटारी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा रहेको सरिता रेष्टुरेण्टमा कम्पनिको प्रिन्ट लेबल छोपेर आफु खुशी बढी मुल्यको स्टिकर टाँसी सामानहरु बिक्रि बितरण गर्ने रेष्टुरेन्ट संचालकलाई  प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँको संयुक्त अनुगमन टोलीले स्थानिय जनप्रतिनिधी समेतको रोहबरमा उक्त खाजा घरमा चेकजाँच गर्दा दोहोरो लेबलिङ गरी राखेको बिभिन्न खाद्यपदार्थहरु भेटिएकोमा उक्त खाद्यपदार्थहरु बरामद गरी रेष्टुरेण्ट संचालक जिल्ला धादिङ धनुबेशी नगरपालिका वडा नं. ९ काफ्लचौर स्थायी घर भई हाल जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ३ धयरेटारी बस्ने बर्ष ३७ को सेते तामाङलाई  पक्राउ गरी  कालो बजार तथा केही अन्य सामाजिक अपराध सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट दिन ४ (चार) को म्याद थप अनुमती लिई  थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी मोहनबहादुर खाँणले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.