राजपाको विद्यार्थी संघद्वारा त्रिपाल वितरण

रिपोर्ट नेपाल | 2019 Apr 04 | 12:39 pm 2162

पर्सा, चैत्र २१ : राष्ट्रिय जनता पार्टीको भातृ संगठन राष्ट्रिय विद्यार्थी संघ पर्साले हावाहुरीद्वारा क्षतिग्रस्त भएका पचास परिवारलाई त्रिपाल वितरण गरेको छ । हावाहुरीले सबै उडाएर खुला आकाशमुनी बस्न बाध्य पीडित परिवारलाई पाँच दिनसम्म पनि राज्यबाट वेवास्ता भए पछि राविसंघ पर्साले त्रिपाल वितरण गरेको हो । वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा त्रिपाल वितरण गरेको हो ।

राहत वितरणका नाममा जात्रा हेर्न आउनेको घुईचो बढाएर पीडितलाई आहात दिने काम भइरहेको समयमा राष्ट्रिय विद्यार्थी संघले त्रिपाल दिएर घाम पानीबाट टाउको छेक्नका लागि राहत गरेको छ । देशभरबाट राहत दिनेको घुईचो लागे पनि तल्लो तहका पीडित जनताले कुनै राहत पाउन सकेको छैनन् ।

राज्यले त्रिपालसम्म पुर्याउन नसकेको र कैयौं परिवार भोक भोकै बस्दा पनि रमिते भएको आरोप सरकारमाथि लागेको छ । त्रिपाल वितरण टोलीमा राजपा नेपालका महासचिव राजेशमान सिंह, मुस्लिम विभाग प्रमुख खैरुद्धीन मिंया, राष्ट्रिय पत्रकार महासंघका अध्यक्ष विरेन्द्र साह, युवा नेता लियाकत अली, अफरोज अलाम, विष्णु पटेल, संजिव यादव, विद्यार्थी नेता जिल्ला अध्यक्ष मधुसुधन चौरासिया, ठाकुर क्याम्पसका अध्यक्ष अमित यादव, सचिव सगिर अलीलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.