राजनीतिमा अपराधीकरण

रिपोर्ट नेपाल | 2020 Sep 21 | 12:16 pm 2148

गुल्मी, असोज ५ः जिल्लाको मुसिकोट नगरपालिका ८ ठूलाखर्कमा एकजना युवकले सोही ठाउँकी एक अपांग महिलालाई हातपात गरेको भनी सोही वडाका वडाअध्यक्ष नारायण सापकोटासंग न्यायको लागि याचना गर्दा वडा अध्यक्षले प्रहरी समेतलाई वोलाई सम्वन्धित स्थानमा गई दुवै पक्ष र भद्र भलादमी जम्मा गरी छलफल गराईएको छ ।

छलफलमा युवकलाई गल्ती ठहर गराई माफी मगाई चौकीमा एक हप्ताको तारिख दिएका तर स्वयम् वडा अध्यक्षले यो तपाईहरुको टोलको समस्या भएकाले कागजको रोहवरमा म वस्दिन तपाईहरु वस्नुस भनि हिडेका थिए।

दुईचार दिन उक्त घटना सेलाएकोमा एक्कासी वडा अध्यक्षले निज महिलाको आफन्त शेषकान्त खरेललाई चितवनमा फोन गरी अपांग महिलालाई अन्याय भयो तपाईहरु किन चुपलागेर वस्नुहुन्छ भनेर फोन गरेका थिए ।

त्यसपछि शेषकान्त खरेलले छलफलमा बस्ने व्यक्तिहरुलाई तपाईहरुले किन मिलाउनु भयो भनेर धम्किदिएको र मेयर वडाअध्यक्षले ती महिलालाई जवरजस्ती करणी उद्योगमा मुद्दा दिनको लागि नगरका कानूनी सल्लाहाकारलाई ती महिलाईको साथ लगी नगरपालिकाकै गाडी पठाई मुद्दा दर्ता गराएका थिए ।

उक्त छलफलमा रहेका कांग्रेसका स्थानीय नेता प्रभाकर पाण्डे, हुमाकान्त खरेल लगायतका व्यक्तिलाई साक्षी राखेका थिए । जवरजस्ती करणी उद्याेग मुद्दा दर्ता गराई युवकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेका छन् ।

नेकपा मुसिकेटले हाल आएर आफै वोक्सी आफैधामी बनेर कांग्रेसले दलितलाई मुद्दा हाल्न लगाए भन्ने झुटको खेती गर्दै दलितहरुलाई तामझामका साथ सरकारी गाडी प्रयोग गर्दै मेयरको प्रत्यक्ष सम्लग्नतामा नेकपा प्रवेश गराएर नाटक मञ्चन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.