काठमाडौं, जेठ १८: काठमाडौंमा शनिबार साँझ हावाहुरीसहित भीषण वर्षा भएको छ। तीव्र गतिमा आएको हावाहुरीले केही घरहरूकाे छानोसमेत उडाउनका साथै घरका झ्याल ढोकामा क्षति पुर्याएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आज साँझ काठमाडौं उपत्यकामा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने जनाएको थियो।