रहेनन् उद्योपति दिवाकर गोल्छा

| 2019 Apr 10 | 01:55 pm 2932

काठमाडौं, चैत्र २७ : उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । लामो समय भारतको चेन्नाइस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको शेखर गोल्छाले जानकारी दिए ।

दुई साता अघि मात्रै उनको किड्नी ट्रान्सप्लान्ट गरेको थियो । गोल्छाको पार्थिव शरिरलाई आज काठमाडौं ल्याइने र भोलि परम्परागतरुपमा दाहसस्कार गरिने बुझिएको छ ।

६७ वर्षका दिवाकर नेपालको औद्योगिक क्षेत्रका एक महत्वपूर्ण धरोहर हुन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत भइसकेका गोल्छाले आफ्नै नेतृत्वमा दुई दर्जन बढी उद्योग स्थापना गरेका थिए ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनले समानुपाति कोटामा सांसदसमेत बनेका थिए ।

उनले धेरै किसिमका उद्योगहरु हुलास जस्ता पाता, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास ब्राण्डका खाधान्न उत्पादन गर्ने उद्योग उनले खोलेका थिए ।

नेपाली समाज र उद्योग विकासमा गोल्छाको निधनले परिवारले अभिभावक गुमाएको र समग्र निजी क्षेत्रले एउटा प्रखर उद्योगी गुमाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.